सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नगरी सञ्चालनमा
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १४:५४:१८
३० चैत, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।
आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । घरेलु, उद्योग वाणिज्य सङ्घमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उनले बताए ।
सिमकोट बजार अनुगमन गर्ने क्रममा सातवटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो सङ्ख्या अझै बढ्ने देखिएको उनले बताए । दर्ता भएका पसलमा पान नम्बरसमेत नलिएको भेटिएको प्रमुख थापाले बताए ।
पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ । त्यस्तै पेय पदार्थ, जङ्कफुड, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आवश्यक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार