मङ्सिरी विद्यालय : दिसा, पिसाबका लागि जङ्गलमा जानुपर्ने बाध्यता छ
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १६:७:२४
३० चैत, जाजरकोट । चारैतिर पहाड, बीचमा अग्लो डाडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी । झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त अवस्थामा विद्यालयमा निरन्तर ६१ विद्यार्थी पढिरहेका छन् ।
कार्यालय रहेको कोठामा मूल ढोकाबाहेक झ्यालमा समेत ढोका नहुँदा हावाहुरीले कार्यालयमा बस्न सक्ने अवस्था हिउँदयाममा नभएको प्रधानाध्यापक मनोद शर्माले बताए । वर्षायाममा वर्षे झरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौधौ पर्ने गरेको पीडा उनी सुनाउछन ।
यो विद्यालय अनुगमनका लागि अहिलेसम्म एक पटकमात्र शिक्षाका कर्मचारी पुगेका छन् । निम्न आर्थिक अवस्था भएका परिवारको यस गाउँमा बसाई हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढाले बताए ।
वर्षायाममा पानी पर्ने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउँद याममा हावाहुरीका कारण पठनपाठन गर्न चुनौती हुँदै आएको छ । विद्यालयमा तीनकोठे एक जीर्ण कच्ची भवन र अर्को दुई कोठा दिवा खाजा पकाउने कच्ची भवन भए पनि कति बेला भत्किन्छ त्यसको कुनै ठेगान नभएको प्रधानाध्यापक शर्माले जानकारी दिए । आफू दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको भन्दै विद्यालयमा जानेबित्तिकै आँखाबाट आँशु झर्ने गरेको शर्माको पीडा छ ।
राज्यको उपस्थिति नै कमजोर रहेको मङ्सिरी गाउँमा राज्यका क्रियाकलापसमेत निकै कम हुने गरेका छन् । विद्यालयमा के कति रकम आउँछ, सार्वजनिक लेखा परीक्षण हुन्छ की हुँदैन त्योसम्म गाउँलेलाई थाहा नहुने गरेको बताइन्छ । प्रधानाध्यापकसहित तीन शिक्षक, एक बालविकास शिक्षिका र एक जना कार्यालय सहयोगी सो विद्यालयमा कार्यरत छन् ।
विद्यालय सञ्चालन गर्न आधारभूत कुरासमेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । खानेपानी घरबाट बोकेर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । दिसा, पिसाबका लागि शौचालय नहुँदा जङ्गलमा जानुपर्ने बाध्यता छ । यता नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने ठूलो रकम आफूसँग नभएको भनी आफूहरुलाई पन्छ्याउने काम गरिरहेको प्रधानाध्यापक शर्माले बताए ।
नगरप्रमुख टेकबहादुर रावलले भने, “यहाँको समस्याबारे अघिल्लो वर्षमात्र जानकारी आएकाले यो आर्थिक वर्षमा जस्तापाता फेर्नका लागि रु ६० हजार र शौचालय निर्माणका लागि रु ४० हजार छुट्याएको छ । नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो तर नजिक नहुँदा समस्या आइरहेको छ ।” विद्यार्थी सङ्ख्या कम छ । राजनीतिक कारण हामीलाई सहयोग नगरेको अभिभावक यज्ञबहादुर सिंहले गुनासो गरे।
विद्यालयमा शिक्षकको तलब भत्ता र अडिट खर्चबाहेक अन्य खर्च नआएको प्रअ शर्माले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले आफूहरुको पहुँच नहुँदा विद्यालयको यो दशा आइलागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार