राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १८:३४:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/mahandra-badhur-sahi_gZwiqe0Lqz.gif)
१ वैशाख,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन् । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गरेका हुन् । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्यचासो रहेको उनले बताए ।
आज मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपालको विकास र समृद्धिको महाअभियानमा छौँ । विकास र समृद्धिको यो महाअभियान पूरा गर्न सम्पूर्ण शक्तिका साथ प्रदेश सरकार लागी परेको छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकार गठन भएपश्चात् हालसम्म एक हजार २५० किमी सडकको नयाँ ट्र्याक निर्माण, १६७ किमी सडक ग्राभेल, २८ किमी कालोपत्रे गरेको छ ।”
त्यस्तै प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत् प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको उनले बताए ।
मुख्यमन्त्री शाहीका अनुसार विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ यससम्बन्धी गुरुयोजना निर्माण गर्नुका साथै स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षालगायत संविधान प्रदत्त नागरिकका मौलिक हक सुनिश्चितताका लागि प्रदेश सरकार अहोरात्र खटिरहेको छ । नागरिकलाई रोजगारी सृजना गर्ने उद्देश्यले हरेक वडामा रु ३३ लाखदेखि रु ६५ लाखसम्म पुग्नेगरी मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्रदेशभरका ७१८ वडाका लागि रु दुई अर्ब ९८ करोड बजेट निकासा गरिएको छ ।
उनले प्रदेश सरकारसामु आइलागेका सबै बाधा, अवरोध र चुनौतीलाई पन्छयाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक समृद्ध र समाजवादी देश निर्माणमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार