गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १५:३७:२१
२ वैशाख, काठमाडौं। गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सरकार हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बीच सहमति जुटेको छ । शीर्ष तहमा बनेको सहमति अनुसार अब ती दुई प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव एक दुई दिन भित्रै दर्ता गरिने भएको छ ।
सहमति अनुसार लुम्विनी प्रदेशको मुख्य मन्त्री माओवादी केन्द्रबाट र गण्डकी प्रदेशको मुख्य मन्त्री नेपाली कांग्रेसले लिने नेताहरुले बताएका छन् ।सहमति अनसार नै भोलीसम्ममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी भएको छ।
लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन्। ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
यता गण्डकी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री बनाउने समझदारी अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।सरकार टिकाउन निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ।
बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरोधी कदममा साथ दिएको भन्दै मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। जनता समाजबादी ले पनि साथ दिने बताएको छ।
गण्डकी प्रदेश सभामा ६० जना सांसद रहेका छन्। त्यसमा एमालेका २७ सांसद छन्। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १३ (सभामुख नेत्रनाथ अधिकारीसहित), जनमोर्चाका तीन र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद रहेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो पदमा टिकिराख्न एमालेबाहिरका ४ सांसदको आवश्यकता पर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार