स्थानीयले माटो खन्दा सिमकोट विमानस्थल जोखिममा
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:४२:४४
३ वैशाख,सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो ।
निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लिने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लागाउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उनीहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको बताएका लामाले अब सुरक्षा अधिकारीसँगको सल्लाहमा माटो खन्न रोक्ने प्रतिक्रिया दिए ।
विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्ने काम तत्काल रोक्नुपर्ने जानकारी दिए । । “झट्ट हेर्दा सामान्यजस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ”, प्रजिअ आचार्यले भने, “तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’’ सिमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जानकाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार