एमसीसी सम्झौता अनुमोदनका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ शनिबार २२:५:४२
४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन र सम्झौता पारितका लागि सहयोग गर्न दलहरुलाई प्रस्ताव गरेका छन् । बालुवाटारमा आज सर्वदलीय बैठक बोलाएर नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता सदनमा अघि बढाउन साथ सहयोग खोजेका हुन ।
बैठकमा सहभागी नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार रहेकाले सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा प्रधानमन्त्रीका साथै बैठकमा सहभागी सबै दलहरुको साझा धारणा बनेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।,‘सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्याउनुपर्छ भन्ने सहमती भएको छ’ मन्त्री ज्ञवालीले भने ।
प्रधानमन्त्री ओलीले सम्झौता अघि बढाउन सभामुखले असहयोग गरेको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए । त्यसै गरि बैठकमा अन्य दलहरुले कोभिड १९ को दोस्रो लहरको जोखिममा सरकारको तयारीका सम्वन्धमा चासो राखेका थिए । बैठकमा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ भने उपस्थित भएनन् ।
बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बालुवाटरका बैठका तीन निश्कर्षका रुपमा सभामुखले सरकारकाे प्रस्ताव स्वेच्छाचारी ढंगले राेक्न नमिल्ने बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिकाे बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिने, स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे उपनिर्वाचन संविधान र कानुनबमाेजिम छिट्टै गर्ने र काेभिड – १९ महामारीको दाेस्राे चरणकाे संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनु पर्ने विषय रहेको समाजिक संजालमार्फत समेत जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार