प्रज्ञा–प्रतिष्ठानले लेखक एव साहित्यकारलाई परिचय–पत्र दिने
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १४:१:१४
६ वैशाख, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक एव साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक-साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार गरिएको प्रज्ञाप्रतिष्ठानले जनाएको छ । परिचय–पत्र पाउनका निम्ति सम्बन्धित लेखक÷साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने छ ।
प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै लेखक-साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ ।
संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो । कार्यदलले लेखक÷साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो ।
कार्यविधिको मस्यौदा बुझ्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भने– “मुलुकका वाङ्मय साधकहरूलाई परिचय–पत्र दिने पहिलेदेखिकै योजनालाई अब हामी साकार रूप दिँदैछौँ । उनले छोटो समयमै कार्यविधिको संशोधित मस्यौदा तयारी पारी बुझाएकामा कार्यदललाई धन्यवादसमेत दिएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार