लुम्विनी प्रदेशका नवनियुक्त मन्त्रीहरु भन्छन, पार्टी निर्णय अनुसार नै सरकारमा गएका हौं
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १४:३२:४६
७ वैशाख, काठमाडौं । लुम्विनी प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्तक्षर गरेको मसी सुक्न नपाउँदै उनकै मन्त्रीमण्डमा सहभागि हुन पुगेका जनता समाजबादी दलका सांसद एव नवनियुक्त मन्त्रीहरुले आफुहरु पार्टी निर्णय अनुसार नै सरकारमा गएको बताएका छन् ।
जनता समाजवादी पार्टी जसपा नेता तथा लुम्विनी प्रदेशका नवनियुक्त भौतिक पुर्वाधारमन्त्री सन्तोष कुमार पाण्डेले पार्टीकै निर्णय अनुसार आफुहरू सरकारमा गएको बताए । लुम्विनी प्रदेशको पार्टी संसदीय दलको दुईतिहाई बहुमतले नेता सहसराम यादव हटाएर आफुलाइ दलको नेता छानेको र दलकै निणर्यबाट आफुहरु सरकारमा सहभागी भएको उनको भनाइ छ । उहाले आफुहरुको हस्ताक्षरलाई अविश्वास प्रस्तावका लागि दुरुपयोग गरेको समेत आरोप लगाए ।
जसपाले भने लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले जारी गरेको विज्ञप्तिमा मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरिएको छ । विज्ञप्तिमा सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख छ।
सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार