इमान्दारीताको पुरस्कार !!
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २२:४९:४६
एउटा सातवर्षे छोरा, कक्षामा ऊ सधैँ अव्वल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लाे कक्षामा भर्ना हुन पायो । हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कूल ड्रेस अनि जुत्ता किन्न बजार लिएर गएँ । ‘पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्षलाई भइहाल्छ नि’ भन्दै जुत्ता किन्नै मानेन ।
आफ्ना लागि जुत्ता किन्नु सट्टा हजुरबुवाका लागि नयाँ चश्मा किनीदिन सुझायो । आफ्नो जुत्ता भन्दा हजुरबुवाको चश्मा बढी जरूरी ठानेर त्यसो भनेको होला भन्ठानेर मैले आफैंलाई सम्झाएँ ।
त्यसपछि पोशाक पाइने पसलमा लिएर गएँ । पसलले उसको साइजको सेतो कमिज निकाल्यो, बाहिरबाटै हेर्दा एकदम फिट थियो । तर, पनि उसले अलि लामो कमिज देखाउन भन्यो । मैले यसो किन भनेको सोधेँ ।
‘केहि छैन बाबा…कम्मरमा त मैले कमिज भित्रै हाल्नुपर्छ । अलिअलि ठूलो भएर केहि हुन्न । अलिकति ठूलो भयो भने यही कमिज मलाई अर्को वर्ष पनि काम लाग्छ । म अलिकति बढेँ भने पनि यसैले हुन्छ । पोहोरको कमिज पनि त नयाँ जस्तै त छ नि । तर, अलि छोटो भएर पो लगाउन नमिलेको’ भनेर मलाई नै उल्टो सम्झायो ।
म बोल्नै सकिनँ । घर आएपछि छोरो सँग सोधेँ -‘तिमीलाई यति धेरै राम्रा कुराहरू कसले सिकाउँछन् बाबू..?’ ऊ बोल्यो- ‘बाबा म देखिरहन्छु, कहिले आमाले आफ्नो साडी नकिनेर, कहिले तपाईंले पुरानै जुत्ता मर्मत गरेर पनि मलाई नयाँ किताब-कापी अनि लुगाहरू किनिदिनु हुन्छ । टोल-छिमेकमा सबैजना भन्ने गर्दछन् हजुर एकदम इमान्दार मान्छे रे..! अनि हाम्रै छिमेकी राजुको बाबालाई सबैजना चोर, कुकुर, बेइमान, भ्रष्टाचारी यस्तै के-के जाति भन्ने गर्दछन् जबकी तपाईंहरू दुवैजना एउटै अफिसमा काम गर्नुहुन्छ !’
‘गाउँलेहरूले तपाईंको प्रशंसा गर्दा मलाई एकदम आनन्द र खुशी लाग्दछ । आमा र हजुरबुवा पनि तपाईंको तारिफ गर्नुहुन्छ ।’ ‘बाबा, म चाहन्छु बरू मलाई कुनै नयाँ ड्रेस नकिनीदिनोस् नयाँ जुत्ता नपाइयोस् तर, तपाईंलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर आदि नभनून्…म तपाईंको पाखुरी बन्न चाहन्छु कमजोरी होइन ।’
छोराको कुरा सुनेर म निरूत्तर भएँ । आज पहिलोपटक मेरो इमान्दारीताको पुरस्कार पाइरहेको थिएँ..! जीवनकालभरमा धेरै पछि आँखामा खुशी, गर्व र आत्मसम्मानका आँसु बगे ।
सामाजिक सञ्जालबाट साभार………
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार