तीन अर्ब बढि बीमाशुल्क गरेको सूर्या लाइफको मुनाफा कति ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:१७:१६
२७ वशाख, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५५.८८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।तेस्रो त्रैमाससम्ममा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८२।५४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट ६१ करोड ५९ लाख रुपैयाँ र बीमालेख धितोबाट ७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८० करोड ८५ हजार रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब १ करोड ३८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।
सो अवधिसम्ममा कम्पनीले ४ हजार ८३९ वटा दाबी बापत ५७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९२ वटा दाबी बापत ३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ४८.९३ गुणा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार