बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको महत्वपूर्ण भूमिका
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १८:१४:११
७ जेठ,टीकापुर । यतिबेला दोस्रो चरणको कोरोना संक्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । तर विभिन्न उपायको खोजी गरेर संक्रमण हुनबाट जोगिन आवश्यक छ ।
गाउघरमा बालबालिकाहरु वल्लोपल्लो घर जाने र सहपाठीसँग बढी घुलमिल हुनाले कोरोनाबाट बढी सङ्क्रमित हुन सक्ने शिक्षिका कविता विश्वकर्मा बताउछन् । ‘‘यस्तो वेलामा बालबालिकालाई घरमै व्यस्त राख्न अभिभावकको महत्वपूर्ण भूिमका रहन्छ । उनीहरुलाई व्यस्त बनाउन विभिन्न खेल सामग्रीमा भुलाउने, नयाँ उनीहरुको रुची अनुसारका किताब पढ्न लगाउन जरुरी छ’’, उनी भन्छन्, ‘‘उपायको खोजी गरेर संक्रमण हुनबाट जोगिन आवश्यक छ ।’’
बालबालिकाको उमेर भनेको खेलौना र समूह निर्माणको उमेर हो । यो अवस्थामा उनीहरु बढीभन्दा बढी समूह निर्माण गर्ने र साथीहरुसँग खेल्न रुचाउने गर्छन् । उनीहरु बढी साथी खोज्दै हिड्छन् । तर परिस्थिति उल्टो भएका कारण यतिबेला बालबालिकालाई घर बाहिर साथीसँगीसँगीको साथ भन्दा एक्लै भएकै राम्रो हुने टीकापुर बहुमुखी क्याम्पसका उपप्रध्याक नाथुराम चौधरी बताउछन् । ‘‘बालबालिकालाई टेलिभिजन वा यस्तै अन्य साधनसँग नजिक बनाई उनीहरुको सिर्जनात्मक र पढाईमा रुचि जगाउने कुरामा अभिभावकले ध्यान दिन आवश्यक छ’’, उपप्रध्याक चौधरी भन्छन्, ‘‘यो महामारी हो । महामारीको समयमा सोँचेको जस्तो कहाँ हुन्छ र रु’’
संक्रमण फैलिएपछि वैशाख १५ गतेबाट वार्षिक परीक्षाको तयारीमा जुटेका कैलालीका विद्यालयले संक्रमण समुदायस्तरमा फैलिएपछि वैशाख पहिलो साताबाटै विद्यालय बन्द गरेका हुन् । विद्यालय बन्द भएको एक महिना अभिभावकलाई बालबालिका सम्हाल्न कठिन भएको छ । अझ स्वास्थ्यकर्मी, बैंक, सहकारी तथा सरकारी कार्यालयका कर्मचारी कठिन भएपनि आफ्ना बालबालिकालाई घरभित्र उपयुक्त वातावरण बनाएर राख्ने उपायको खोजीमा छन् ।
टीकापुरका स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले विद्यालय बन्द भएपछि ७ वर्षकी छोरी घरभित्रै राख्नु परेको छ । विद्यालय बिदा तथा अन्य समयमा छिमेकमा साथीहरुसँग खेल्ने छोरीले आजभोलि घरभित्रै राख्दा निकै सताउने गरेको उनको भनाइ छ । ‘‘आफू कामबाट फर्केर आउँदा पनि डर नै रहेको हुन्छ, विद्यालय बन्द भएकी छोरीले साथीहरुसँग खेल्न खोज्छिन् तर उनलाई संक्रमणको जोखिम हुनसक्छ भनी घरबाहिर जान दिएका छौनौं’’, पोखरेलले भने, ‘‘विद्यालय बन्द भएको समय बालबालिका सम्हाल्न कठिन छ ।’’
टीकापुर ३ शंकरपुरका अभिभावक खेम विकलाई पनि यो समयमा बालबालिकालाई कसरी जोगाउने र घरभित्र उपयुक्त वातावरणमा राख्ने भन्ने चुनौती छ । विकका बालबालिका छिमेकमा खेल्न गइहाल्छन् । ‘‘रातदिन बालबालिकालाई टेलिभिजन हेरेर बस भन्नुपरेको छ । घरबाहिर जान नदिँदा उनीहरु टोलाएर बस्न थालेका छन्’’, उनी भन्छन्, ‘‘छिमेकमा घरहरु नजिक नजिक छन् । धेरै बालबालिका जम्मा भएमा उनीहरुबाट संक्रमण फैलिएलाकी भन्ने डर पनि छ । कसो गरी जोगाउनु रु’’
सुदूरपश्चिममा प्रदेशकै आधाबढी संक्रमित कैलालीमा छन् । यसले पनि घरभित्रै बस्नुको विकल्प छैन । नागरिकलाई सङ्क्रमणबाट जोगाउन तीन साताभन्दा बढी समयदेखि कैलालीमा निषेधाज्ञा जारी छ ।
शहर बजारभन्दा गाउँघरमा बालबालिकाहरुमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने जस्ता उपाय अपनाउन चुनौती देखिन्छ । गाउँघरमा बालबालिकाले छिमेकमा हिड्दा मास्क प्रयोग गरेको नदेखिएकाले पनि चुनौति बढेको स्थानीय रुष्मा विष्ट बताउछिन् । ‘‘बालबालिकालाई घरमै व्यस्त बनाई राख्न जरुरी छ । यो समयमा गाउँघरमा बालबालिकाले मास्क विना हिडिरहेका देखिन्छन्’’, रुष्मा भन्छिन्, ‘‘कतिपय बालबालिका फुटबल खेलिरहेका, खेल मैदानमा जम्मा भएका देखिन्छन् । यसले संक्रमणको जोखिम बढ्ने देखिन्छ । अभिभावकले बालबालिकालाई घरमै व्यस्त राख्ने उपाय खोजी गर्नुपर्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार