उग्र राष्ट्रवादको पर्दा उघ्रिएपछि
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १८:५२:९
नेपाली राजनीतिमा देखिएको उग्र राष्ट्रवादको पर्दाभित्र खेलिएका खेलहरु र नेपाली जनताका आँखामा धुलो छर्किन पर्दा बाहिर गरिएका रिहल्सलहरु खोक्रे राष्ट्रवादको पर्दा उघ्रिने बित्तिकै वास्तविकता दर्शक सामु उजागर हुँदै गैरहेको छ ।
नेपाली जनतालाई नक्कली राष्ट्रवादको भूमरीमा फसाएर आफ्नो निहित सत्ता स्वार्थमा जनताको भावना बेच्नेहरुको राजनीतिक व्यापार विस्तारै ओरालो गाल्न थालेको देखिदैछ । जनताको विश्वास र भरोसामा लात हानेर गरिने राजनीति र निहित व्यक्तिगत स्वार्थसिद्ध गर्न बनाईएका नक्कली भर्याङ्गहरुको सिढी माथिल्लो तलासम्म पुग्न सक्दैन भन्ने कुरा समेत बिस्तारै पुष्टि हुँदै जान थालेको छ ।
उग्र भाषण र पुरा हुनै नसक्ने आश्वासनका सपनाहरुले अघाई सकेका नेपालीहरु बिस्तारै नेपाली राष्ट्रियता माथि समेत विदेशीले धावा बोल्न थालेपछि अनि नेपाली राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गर्न थालेपछि वर्तमान प्रधानमन्त्री केपी शमां ओलीको लाजनीति सबैले बुझ्दै जान थालेका छन् । नेपाली जनताले हिजोका दिनमा ओलीप्रतिको आस्था, विश्वास र भरोसामा पनि अपत्यारिलो ऋणात्मक तवरले परिवर्तन हुँदै जान थालेको छ । एकपछि अर्को किर्ते र जालसाँजीका काममा मात्रै आफुलाई उभ्याउन थालेपछि वर्तमान प्रधानमन्त्री अब बिपक्षी राजनीतिक दलहरुको मात्र हैन स्वयं आफ्नै दलभित्र समेत आलोचनाको पात्र बनिरहेको अवस्था दिएको छ ।
बालुवाटार छिरेका प्रधानमन्त्री अहिले आफुमात्रै सर्बेसर्वा अरु सबै निकम्मा भएको अनर्गल प्रचार गराईरहेका छन् । देशको बिकास भनेको गाउँको बिकास हो । गाउँमा नेकपा एमाले मात्रै हुँदैनन् ,त्यहाँ अन्य राजनीतिक दलमा आबद्ध जनताहरु पनि हुन्छन्, उनीहरुको समेत साथ र सहयोग लिएर अगाडि बढनु पर्छ भन्ने सामान्य पनि ज्ञान नभएका ओलीका सल्लाहकारहरुका कारण मुलुकले अप्रत्यासित राजनीतिक संकटको सामना गरिरहनु परिरहेको छ ।
आफु बाहेक अरुलाई नेता नै नदेख्ने र आफ्ना आसेपासे भन्दा अरु कसैलाई पार्टीको सदस्यसम्म नदेख्ने पक्षपाती चस्मा लगाएका ओलीलाई अब नेपाली जनताले बिस्तारै प्रतिकारको राजनीति गर्ने संभावना बढेर गएको देखिदैछ । केही सुण्डमुण्डहरूकाे चौघेरामा घेरिएर बिगत ३ बर्ष देशको कार्यकारी प्रमूखको सिंहासनमा बिराजमान गराउने आफ्नै दलका वरिष्ठतम नेताहरुलाई पाखा लगाएर एकलौटी दौडमा भाग लिन खोज्ने कुष्ठित सोचका कारण र प्रधानमन्त्रीलाई सल्लाह दिने सल्लाहकारहरुको समेत नाङ्गो भक्तिगानले पनि वर्तमान प्रधानमन्त्रीलाई जनभावना र पार्टीगत एकता कायम गराउन अप्ठ्यारो परिरहेको देखिन्छ ।
देशमा बिद्यमान राजनीतिक संकट समाधानका लागि कुनै सिन्को नभाँचेका प्रधानमन्त्री ओली अहिले पनि फुटाउ र राज गर कै पक्षमा देखिएका छन् । कुर्सीकै लागि आफ्नो दल फुटाउने देखि अन्य प्रतिपक्षी दलहरुमा समेत बिश्वासको संकट ल्याउन उद्यत रहेको देखिन्छ । देश विकासको महान अभियानमा देशमा क्रियाशिल सबै राजनीतिक दलहरुको उत्तिकै सहभागिता र सहयोगको आवश्यकता हुन्छ भन्ने कुरालाई चटक्कै बिर्सेर बालुवाटार छिरेका प्रधानमन्त्री अहिले आफुमात्रै सर्बेसर्वा अरु सबै निकम्मा भएको अनर्गल प्रचार गराईरहेका छन् ।
देशको बिकास भनेको गाउँको बिकास हो । गाउँमा नेकपा एमाले मात्रै हुँदैनन् त्यहाँ अन्य राजनीतिक दलमा आबद्ध जनताहरु पनि हुन्छन्, उनीहरुको समेत साथ र सहयोग लिएर अगाडि बढनु पर्छ भन्ने सामान्य पनि ज्ञान नभएका ओलीका सल्लाहकारहरुका कारण मुलुकले अप्रत्यासित राजनीतिक संकटको सामना गरिरहनु परिरहेको छ ।
अहिले मुलुकले राजनीतिक लडाँई लडनु पर्ने अवस्था नै थिएन । नेपाली जनताले ५ बर्ष स्थिर सरकार बनाउन कुनै एक राजनीतिक दललाई स्पष्ट बहुमत दिएर पठाएका थिए । जनताको उक्त विश्वास र भरोसालाई मात्र सत्ता लिप्सा र कुर्सी मोहको राजनीतिले सखाप पारिसकेको छ । पटक पटक लोकतन्त्रको धज्जी उडाईरहेको छ ।
आफ्नै घर भित्र प्वाल पारिसकेका डुहुरे मुसाहरुको समयमै उचित ब्यवस्थापन नगर्दाको परिणाम अहिले नेकपा एमालेले भोगिरहेको छ ।खोक्रो राष्ट्रवादले वर्तमान प्रधानमन्त्री नराम्रोसँग नाङ्गिसकेका छन् । अझ ठेट नेपाली भाषामा भन्ने हो भने औचित्य र आवश्यकता भन्दा माथि उठेर राष्ट्रकै बेईज्जत गर्ने कलंकको टिका लगाउन मात्र बाँकी रहेको अवस्थामा वर्तमान प्रधानमन्त्री पुगेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बिभिन्न बिषयका सल्लाहकारहरु नियुक्त भएका हुन्छन् । उनीहरुको काम भनेको प्रधानमन्त्रीलाई उचित सल्लाह प्रदान गर्नु र प्रधानमन्त्रीलाई बिषयगत समस्या उत्पन्न भएमा समाधान गर्ने उपाय सुझाउने नै हो तर वर्तमान प्रधानमन्त्रीका सल्लाहकारहरु सल्लाह कम र चाकडी ज्यादा गर्ने गर्दछन् ।
अहिले प्रधानमन्त्री ओली बालुवाटारलाई पत्रकार महासंघको कार्यालयको रुपमा उपयोग गरिरहेका छन् । प्रधानमन्त्रीका बेतुकका बर्बराहट सुन्न अहिले दिनहुँजसो बालुवाटारबाट आनासुकी दान दातब्य लिएर परिवारको गर्जो टार्ने श्रमजीवीहरुको कोचिङ्ग क्लासको बिद्यार्थी हुनुभन्दा बाहेक र तिनै बबुरा पत्रकारलाई आफ्ना मन भित्रका बर्बराहट र सहयात्रीहरुको मानमर्दनका पट्यारलाग्दा गालीगलौच सुनाउनु भन्दा बाहेकका कुनै दैनिक क्रियाकलापमा सहभागी हुनु नै परेको छैन्, प्रधानमन्त्रीलाई । सिंगो मुढो ताछेर ठेडी बनाईसक्दा पनि कुनै अफसोच नमान्ने वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले नेपाली राजनीतिको कालीदासका रुपमा चित्रण गर्न थालिएको छ ।
म हिजोसम्म प्रधानमन्त्री ओलीको कार्यशैलीको बिरोध गर्थे । किनकी नेतृत्व तहमा रहेको व्यक्तिले कहाँ के भैरहेको छ ? कस्ले के गरिरहेको छ ? कहाँ नागरिकहरुलाई समस्या र अप्ठ्याराहरु परिरहेका छन् ? कहाँ कसले के कस्ता गलत काम र भ्रष्टाचारहरु गरिरहेका छन् जस्ता सबै कुराहरु थाहा नपाउन सक्छ भनेर आम सञ्चार जगत जहिले पनि सरकारले गरिरहेका काम कार्यबाहीहरुको रखवाला र सूचना प्रवाह गर्ने महत्वपूर्ण साधनको रुपमा आफुलाई उभ्याउनु पर्छ ।
सरकार र सरकारले गरिरहेका काम कार्वाहीहरुमा भएका ढिलासुस्ती र गलत कामका बिषयमा सधैं कलम चलाउने गर्छन । त्यही कुरालाई आधार मानेर म सरकारका बिषयमा कलम चलाउँथे । बिषयबस्तुहरू उजागर गर्थे । तर आज मलाई त्यसको समेत पश्चाताप लागिरहेको छ । किनकी बिरोधलाई बिरोधको रुपमा लिने व्यक्तिलाई बिरोध गर्नुको कुनै औचित्य हुदैन भन्ने मैले महशुस गरिसकेको छु ।
प्रधानमन्त्रीलाई काम गर्न सहयोग पुगोस, कुनै पनि बिषयमा बिषयगत सल्लाहकारहरुबाट सुझाव र सल्लाह लिएर प्रधानमन्त्रीलाई अगाडि बढन सहयोग पुगोस भनेर नै प्रधानमन्त्री कार्यालयमा बिभिन्न बिषयका सल्लाहकारहरु नियुक्त भएका हुन्छन् । उनीहरुको काम भनेको प्रधानमन्त्रीलाई उचित सल्लाह प्रदान गर्नु र प्रधानमन्त्रीलाई बिषयगत समस्या उत्पन्न भएमा समाधान गर्ने उपाय सुझाउने नै हो तर वर्तमान प्रधानमन्त्रीका सल्लाहकारहरु सल्लाह कम र चाकडी ज्यादा गर्ने गर्दछन् ।
प्रधानमन्त्री भन्दा चार कदम अगाडि बढेर आफ्नै दलका वरिष्ठ नेताहरुको मानमर्दन गर्न उद्यत सल्लाहकारहरु लिएर अगाडि बढेकै कारण वर्तमान प्रधानमन्त्री यो हदसम्मको तल्लो स्तरमा ओर्लनु परेको मेरो ब्यक्तिगत ठम्याई हो । यसभन्दा अघि पनि मुलुकमा सरकार निर्माण भएका हुन । प्रधानमन्त्रीका सल्लाहकारहरु पनि हुन्थे नै होला ।
नेपाली जनताले कम्युनिष्टहरुको सरकार पाउँथ्यो तर अहिले त नेपाली जनताले कम्युनिष्ट सरकार हैन कम्यूनिष्ट चरित्र पाएका छन् । यसो भनिरहँदा मलाई पनि यिनिहरुले मदन भण्डारी बनाउँछन भने पनि कुनै आपत्ति र कुनै आतमग्लानी हुने छैन तर देश स्वीजरल्याण्ड बनोस भन्ने एकमात्र चाहना छ । देशमा सुशासन र जनताको सरकार बनोस् ।
तर वर्तमान प्रधानमन्त्रीका सल्लाहकारहरुले जस्तो आफ्नाे बिषयबस्तु भन्दा माथि बाहिर गएर यसरी बेलगाम रत्यौली खेलेको भने कहिल्यै देखिएको र सुनिएको थिएन तर प्रधानमन्त्री ओलीको यस तर्फ कुनै ध्यानै गएन । हामीजस्ता सामान्य भुँईमान्छेको प्रधानमन्त्री जस्तो व्यक्तिले कुरा सुन्ने कुरै भएन ।
पहिला पहिला नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्थ्यो । नेपाली जनताले कम्युनिष्टहरुको सरकार पाउँथ्यो तर अहिले त नेपाली जनताले कम्युनिष्ट सरकार हैन कम्यूनिष्ट चरित्र पाएका छन् । यसो भनिरहँदा मलाई पनि यिनीहरुले मदन भण्डारी बनाउँछन भने पनि कुनै आपत्ति र कुनै आत्मग्लानी हुने छैन तर देश स्वीजरल्याण्ड बनोस भन्ने एकमात्र चाहना छ । देशमा सुशासन र जनताको सरकार बनोस् । भ्रष्टाचारीलाई कार्वाही र दलाललाई दण्डित गरोस् ।
घुसखोरी र कालाबजारीलाई जनताले हैन स्वयं सरकारले सार्वजनिक स्थलमा कालोमोसो दलोस् । यो देशमा गुण्डा डन र तस्करका नाईकेको हैन गरिब जनताको लागि सरकार छ भन्न पाईयोस् । मुलुक लुटेरा, ज्यानमारा र अपराधीहरुलाई सलाम ठोकेर बाँच्नु भन्दा राजा बीरेन्द्रको मृत्यू सहर्श स्वीकार्न मञ्जुर छ । सधैं हावादारी गफ जोत्ने हलीले बाली हैन घाँसमात्रै उत्पादन गर्छ । यस्ता हली चाहे घरका हुन या देशका बेलैमा जनताले चिन्न सक्नु पर्छ । नत्र बर्षौ घँस्याउनु पनि घर मालिक र देशका लागि महङ्गो पर्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार