कालो ढुसीले आँखा, नाक र अनुहारमा गम्भीर असर
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १३:४८:५४
१९ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ‘म्युकरमाइकोसिस’बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ।
यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए। कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्याउने चिकित्सक बताउँछन्।
मन्त्रालयका प्रवक्ता डा। पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ। अन्नपूर्ण पोस्टबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार