चन्द्रागिरिलाई १० थान अक्सिजन सिलिण्डर सहयोग
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार २०:५९:५
२६ जेठ,काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनलले आज संयुक्त रुपमा उक्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा बाल विकास समाजका व्यवस्थापक प्रदीप श्रेष्ठ र वल्र्डभिजनका को–अर्डिनेटर भरत तामाङले नगरपालिकाका उपप्रमुख लिशा नकर्मी र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई हस्तान्तरण गरेका हुन् ।
विगतका वर्षमा नगरपालिकासँग सहयोग र साझेदारी गरेका उक्त संस्थाले १० अक्सिजन सिलिण्डर, २० अक्सिमिटर, २० थर्मल गन र ५० थान व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई० सहयोग गरेको नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख भद्रा अर्यालले जानकारी दिए ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि चन्द्रागिरिले कोरोना संक्रमितको उपचारका लागि तीन अक्सिजनसहितका आइसोलेशन केन्द्र र एउटा अस्पताल सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेशन केन्द्रको आवश्यकताका आधारमा नगरपालिकामा प्राप्त स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
चन्द्रागिरिमा हालसम्म चार हजार ५८६ कोरोना संक्रमित भइसकेका छन् । सोमध्ये चार हजार १४६ कोरोना संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये ३६२ होम आइसोलेशन र १९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन्द्रागिरिमा हालसम्म कोरोनाका कारणले ५९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा हाल १५ वडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार