तीन सांसदलाई एमालेले भन्याे, मन्त्री पदबाट तत्काल राजीनामा दिनु !
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २२:१६:२
४ असार, काठमाडाैं । नेकपा एमालेले कर्णाली सरकारमा रहेका तीन सांसदलाई मन्त्री पदबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ। शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले मन्त्री अमर बहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो।
बैठकले दलिय व्यवस्थाको आचारण विरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रहेको भन्दै तत्काल राजीनामा दिएर नेकपा एमालेको संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिइएको हो।
यसअघि पार्टीको निर्देशन उल्लंघन गरी फ्लोर क्रस गरेको भन्दै एमालेले चार जनालाई सांसद पद र पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेको थियो।
पछि सर्वोच्च अदालतले एमालेको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशसंगै फ्लोर क्रस गरेका सांसदको पद कायमै रहेको छ। यद्यपी, उनीहरु अहिले दलको निर्देशनको विपक्षमामा रहँदै आएका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मत लिने पक्षमा एमालेकै माधव नेपाल समूहका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढाले मतदान गरी पद जोगाई दिएका थिए। अहिले ज्वाला बाहेक तीनै जनालाई मुख्यमन्त्री शाहीले मन्त्री पदमा नियुक्त गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार