दुई तिहाई बहुमतकाे सरकार ओलीले तहसनहस पारेको नेपालकाे आरोप
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १३:४५:२२
९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन अनुरोध गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी एकाबद्ध र आन्दोलन निर्माण गर्नका साथै देशको गरिमा उँचो बनाउनको लागि उक्त शक्तिहरु एक हुन पर्ने बताएका हुन् ।
सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम नदिने उनको भनाइ छ । त्यस्त गलत कार्यहरुको खबरदारी सँधै गर्दै आएको पनि उनको भनाइ छ ।
जनताको जनचाहना अनुसार संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको भएपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई तहसनहस पारेको उनको आरोप छ ।
नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार