निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:३१:५०
१० असार, खलङ्गा । निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती भएको छ । गर्मी छल्न पाटन उक्लेका गोठालाहरु निरन्तरको वर्षाले समस्यामा परेका हुन् । भेडाको बथानसँगै पाटन र खर्कहरुमा बसेका गोठालाहरु अहिले विचल्लीमा छन् ।
एक सातादेखि निरन्तर पानी पर्दा गोठालालाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसीरहेका ती गोठालालाई एकातिर चट्याङको र अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । पाटनमा भरपर्दा गोठहरु नै छैनन् । आफैले बनाएका गोठहरु हावाहुरीले उडाउने खतरा हुन्छ ।
यहाँको तातोपानी गाउँपालिका– ७ सर्मीका गोठाला कृष्ण खड्काका अनुसार गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए । “कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थ्यो, २०७२ सालमा पनि १० दिन निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए”, उनको भनाइ थियो ।
घुमन्ते जीवन विताउने भेडीगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । अहिले सबै गोठ पाटन उक्लिएका छन् । पाटनकोे चार महिने बसाइपछि वेसी झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडीगोठहरु छन् । जुम्लामा भेडापालनलाई पुख्र्योली पेशाका रुपमा हेरिन्छ । “भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं, पाटनमा बस्न व्यवस्थित गोठ छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन”, अर्का भेडीगोठाला जय बहादुर रावतले दुखोसो पोखे ।
जुम्लामा ७४ हजार हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । “आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ”, कार्यालय प्रमुख महतले भने। चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उनको दावी छ । कर्णाली प्रदेशले यो वर्षदेखि ५० बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरु खुसी भएका छन् । अव तिनै तहका सरकारले पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडीगोठालाहरुको माग छ । भेडा हिउँदमा बेँसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेकसम्म भेडाबाख्रा चराउन लगिन्छ ।
भेडाको दूध, मकैको आँटो, ढिडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडी पाखी ओड्ने, ओछ्याउने गरिन्छ । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित नहुने कार्यालय प्रमुख महतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार