विपक्षी गठबन्धन आवश्यक परे जनपरिचालनको दिशातर्फ अघि बढ्ने
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १३:२०:१२
११ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् ।
विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चाले आन्दोलनबाट प्राप्त उपलब्धि र देशको राष्ट्रियताको रक्षाका लागि आवश्यक परे जनपरिचालनसम्म जानुपर्ने अवस्था रहेको बताएको हो ।
विपक्षी गठबन्धनमा आबद्ध शीर्ष नेताले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीका निरंकुश कदमविरुद्ध र प्राप्त उपलब्धिको रक्षाका लागि दीर्घकालीन र सैद्धान्तिक आधारसहित गठबन्धन बनाइएको समेत बताए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न आवश्यक परे जनपरिचालनको दिशातर्फ अघि बढ्ने उद्घोष गरे ।
‘संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ,’ देउवाले भने, ‘प्राप्त उपलब्धिको रक्षा गर्ने संकल्पका साथ हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं, आवश्यक परे जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्नेछौं ।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेकोसमेत बताए । राजधानी दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार