फोहरबाट बायो ग्यास प्लान्ट निर्माण गर्दै टीकापुर
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १९:११:४१
२० असार, भजनी । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको छ ।
सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनमा नगरपालिकाको वार्षिक लाखौँ रकम खर्च हुन थालेको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा आयोजनाको काम अगाडि बढाइएको छ । रु एक करोड ६० लाख १४ हजार २६४ को लागतमा नेपाल ऊर्जा विकास कम्पनी काठमाडौंले निर्माणको काम गर्दै आएको छ । यसमा ६५ प्रतिशत केन्द्र र ३५ प्रतिशत नगरपालिकाको लगानीमा आयोजना निर्माण हुन लागेको हो ।
नगरपालिकाले खोटेना भुराखानी सामुदायिक वनमा सामुदायिक पशु चौपाया व्यवस्थापन गर्दै आएको छ । सामुदायिक पशु चौपाया व्यवस्थापनमा मात्रै नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ । बजार तथा गाउँ क्षेत्रमा सामुदायिक पशु चौपायाको सङ्ख्यामा कमी आउन सकेको छैन ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलले सामुदायिक पशु चौपायाको व्यवस्थापनसँगै त्यसबाट लाभ लिनसक्ने एउटै माध्यम बायोग्यास उत्पादन भएकाले नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न २०० घनमिटर क्षमताको बायो ग्यास प्लान्ट निर्माण कार्य अगाडि बढाएको बताएको छ ।
“किसानको समस्या समाधानका लागि सामुदायिक पशु चौपाया व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक रु २० लाखभन्दा बढी खर्च गर्दै आए पनि परिणाममा त्यसको उपलब्धि देखिएको छैन”, उनले भने, “ती व्यवस्थापन गरिएका चौपायाको मलमूत्रबाट हामीले बायोग्यास उत्पादन गर्ने तयारी गरेका छौँ । यसले विपन्न वर्गका नागरिकलाई राहत मिल्ने छ ।” नगर प्रमुख रावलले प्लान्टबाट उत्पादन भएको ग्यास त्यस क्षेत्र वरपर रहेका विपन्न परिवारलाई वितरण गरिने जनाउँदै सामुदायिक पशु चौपाया व्यवस्थापनलाई दिगो राख्न पनि मद्दत पुग्ने बताए ।
नगरपालिकाका इञ्जिनीयर नवराज जोशीले आयोजनाको सम्झौता अगामी माघ महीनामा भएको जनाउँदै चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि निषेधाज्ञाका कारण योजनाको काम लम्बिएको बताए । “हालसम्म ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ । अझै म्याद थप गरेर आयोजानको काम अगाडि बढ्छ”, उनले भने, “निर्माण सम्पन्न भइसकेपश्चात् सामुदायिक पशु चौपाया व्यवस्थापन समितिमार्फत् प्लान्ट सञ्चालनमा ल्याइने छ ।”
अहिले पनि सो क्षेत्रमा ४०० देखि ५०० सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको छ । सामुदायिक पशु चौपायबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ ।
उक्त प्लान्टबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ । उक्त प्लान्टबाट उत्पादन भएको बायोग्यास पहिलो चरणमा ५५ घरधुरीलाई २४सै घण्टा वितरण गरिने जनाइएको छ ।रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार