नेतृत्व सम्हाल्न डा.शेखर र रामचन्द्र सहमति नजिक
यज्ञप्रसाद भट्टराई
असार २१, २०७८ सोमबार १९:५९:४७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका प्रभावशाली दाबेदार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । पौडेल निवास बोहोराटारमा सोमबार भएको भेटमा नेता कोइरालाले पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न र आफूलाई सभापतिमा सघाउन आग्रह गरेका छन् ।
लामो समयको पर्खाईपछि हुन लागेको नेपाली कांग्रेसको चौधौ महाधिवेशन युवा पुस्ताका लागि नेतृत्व लिने सुवर्ण अवसरका रुपमा रहेको देखिन्छ भने बयोबृद्ध नेतृत्वलाई पदको निरन्तरता कसरी होला ? भन्ने चिन्ताले सताएको देखिन्छ । यसका अलावा यो महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्व तहमा केही नयाँ अनुहारहरुलाई पार्टीको नेतृत्व तहमा स्थापित गराउन सक्ने अनुमान पनि गर्न थालिएको छ ।
एऊटा जीवन्त लोकतान्त्रिक पार्टीभित्र वैचारिक समुहहरु क्रियाशील रहनु आफैंमा सुन्दर पक्ष भएता पनि नेपाली कांग्रेसमा बिगतदेखि मौलाईरहेको गुटगत राजनीति पनि उत्तिकै क्रियाशील रहेको देखिन्छ । नेपाली कांग्रेसमा सांगठनिक बिस्तारका लागि राजनीति गर्नेहरु भन्दा निर्वाचनका बेलामा उम्मेदवार बन्नका लागि मात्रै राजनीति गर्नेहरूको भीड बिगत बर्षहरुदेखि नै देखिदै आएको रोग हो ।
यहि रोगका कारण नै पार्टी भित्र गुटगत राजनीतिले स्थान पाउदै आएको कुरामा स्वयं पार्टीको नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ता नै अनभिज्ञ रहेझै गर्ने व्यवहारले कांग्रेसका ईमानदार नेता तथा कार्यकर्ताहरु पाखा लाग्ने क्रम पनि नेपाली कांग्रेस भित्र उत्तिकै फस्टाएको देखिन्छ । झोलामा बोकेका नेता तथा कार्यकर्ताहरुलाई गोजीमा राखेको टिकट वितरण गर्ने गलत परिपाटीले नेपालमा नेपाली कांग्रेसको अधोगतिको यात्रा अहिलेसम्म पनि रोकिन सकेको छैन ।
नेपाली कांग्रेस अहिले पनि देशमा पहिलो लोकतान्त्रिक दलको रुपमा स्थापित राजनीतिक शक्ति हो । लोकतान्त्रिक दलभित्रै अलोकतान्त्रिक गतिविधिहरु देखिन थालेपछि जनतामा दलप्रतिको आस्था र भरोसाहरु हराउँदै जानू स्वभाविक हो । जनताको विश्वास र साथ प्राप्त गर्दै शासन सत्तामा रहेर जनताको पक्षमा काम गर्न सक्नु नै लोकतन्त्रको उच्चतम र अनुपम गहना हो भन्ने कुरालाई नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले मनन गरेर अगाडि बढन सक्ने हो भने अझै पनि नेपाली कांग्रेसप्रति नेपाली जनताको साथ र समर्थन प्राप्त हुन सक्छ भन्ने हामीले अनुमान गर्न सक्छौ ।
नेपाली कांग्रेसलाई नेतृत्व प्रदान गर्न अहिले धेरै नेताहरु अगाडि आएका छन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री डा. शशांक कोइराला, युवा नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधिसहित नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा कांग्रेस बृत्तमा अत्यन्तै चर्चित डा. शेखर कोइराला समेत नेपाली कांग्रेसको सभापतिको उम्मेदवारका रुपमा अगाडि आएको परिस्थितिले नेपाली कांग्रेसमा पार्टीको नेतृत्व सम्हाल्न सक्ने एक से एक नेताहरूको कमी नरहेको कुरा स्पष्ट भएको सहजै अनुमान गर्न सकिन्छ ।
नेपालमा बर्खे च्याउ झै उम्रिएका कम्युनिष्ट नामका बिदेशीका गोठालाहरुको ह्वात्तै फैलिएको वनमाराले अहिले सिङ्गो मुलुकलाई नै नराम्रोसँग बेरिसकेको अवस्था छ । नेपाली जनताको बलिदानीपुर्ण संघबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको पँखेटा काट्न उद्यत कम्युनिष्टहरूको एउटा जत्थाले फेरि पनि मुलुकमा थप द्वन्द निम्त्याउन सक्ने अवस्थाप्रति पनि अब आउने कांग्रेस नेतृत्व अत्यन्तै सजग र संयम भएर अगाडि बढन जरुरी भैसकेको छ । अर्कोतर्फ वर्तमान कांग्रेस नेतृत्वको कम्युनिस्टप्रतिको लगावका कारण जनतामा घटदै गएको काङ्ग्रेसको शाख पनि जोगाउँदै जनताको साथ र विश्वासका साथ देश बिकासको महाअभियानमा जुटनु परेको छ ।
अहिले कांग्रेस बृत्तमा पार्टी सभापतिको उम्मेदवारीका बिषयमा व्यापक ध्रुवीकरण भैरहेको कांग्रेस नेतृत्वको राजनीतिक सकृयताले देखाईरहेको छ । अहिले नेपाली कांग्रेसको भावी सभापतिको रुपमा अत्यन्तै चर्चित र पार्टी पंतिभित्र अत्यन्तै लोकप्रिय नेता मानिएका डा. शेखर कोइरालाले पनि आफ्नो क्रियाशीलता बढाएका छन् ।
केही दिन अघि मात्रै कांग्रेस नेता प्रकाशमान सिंहसँग राजनीतिक भेटघाट गरेका नेता डा.शेखरले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि राजनीतिक भेटघाट र समसामयिक कांग्रेस राजनीति र आगामी महाधिवेशनका बिषयमा छलफल गरेका छन् । नेपाली कांग्रेसमा अत्यन्तै प्रभावशाली मानिएका नेता रामचन्द्र पौडेर र डा. शेखर कोइरालाको यो राजनीतिक समिकरणले नेपाली काङ्ग्रेसको आगामी चौधौ महाधिवेशनलाई प्रभावित पार्ने देखिन्छ । यदि यी दुई नेताहरूले सहमतीय राजनीतिक एजेन्डालाई अघि सारेर महाधिवेशनमा जाने हो भने आगामी कांग्रेस नेतृत्व यिनै दुई नेताका वरिपरि घुम्ने देखिन्छ ।
यसका लागि यी दुबै नेताले एउटै पदमा हानाथाप गर्नु भन्दा पनि आवश्यक समझदारी बनाएर अगाडि बढदा उपयुक्त हुने तमाम कांग्रेस नेता तथा कार्यकर्ताहरूको चाहना रहेको देखिन्छ । यहि राजनीतिक समिकरण मिलाउन पौडेल निवास बोहोराटारमा भएको नेता द्वयको छलफल सकारात्मक रहेको बुझिएको छ । दुवै जनाले पार्टी सभापतिको दावी गर्दा दुवैजना नेतृत्ववाट बाहिर रहनु पर्ने यथार्थतालाई बुझेर नै डा. शेखर कोइरालाले आफू पार्टी सम्हाल्ने र नेता पौडेलले संसदीय फाँट सम्हाल्ने गरि समीकरण मिलाउ नेता पौडेलसँग आग्रह गरेको विषयले अहिले नेपाली कांग्रेसमा थप उत्साह र हौसला बढाएको अनुमान गरिएको छ ।
पार्टी भित्र युवाहरूको नेतृत्वलाई समेत उत्तिकै स्थान दिएर पार्टी र सरकार दुवै चलाउन नेताद्वय पौडेल र कोइराला सहमति नजिक पुगे नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा आमूल परिवर्तन आउन सक्ने अनुमान र आम नेता तथा कार्यकर्ताहरुमा थप उर्जा प्रदान हुन सक्ने अनुमान गर्न थालिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता डा. कोइरालाको एक ब्यक्ति एक पदको अभियानले सार्थकता पाउने सके कांग्रेस भित्रको बहुपद प्रणाली समेत निमिट्यान्न भएर जाने देखिन्छ । त्यसै गरि युवा नेतृत्वलाई पार्टी र सरकारमा जाने स्पष्ट आधारसहित जिम्मेवारी सम्हाल्ने हो भने कांग्रेसका आगामी दिनहरु अत्यन्तै उज्वल देखिन्छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार