जुम्लाबाट ६२ पत्रकारले लिए प्रेसपास
नेपालबहस संवाददाता
असार २२, २०७८ मंगलबार १९:२५:२१
२२ असार, खलङ्गा । सूचना तथा प्रसारण विभागले जुम्लामा आयोजना गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रमबाट ६२ पत्रकारले प्रेसपास लिएका छन् । सो शिविरमार्फत प्रेसपास वितरण, अनलाइन दर्ता, नवीकरण, पत्रिकाको स्थायी दर्ता जुम्लामै पुगेर गरिएको थियो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना र विभागको सहयोगमा तीनदिने घुम्ती शिविर चलेको थियो ।
शिविरमा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित सञ्चालन भइरहेको कर्णाली पोष्ट दैनिक पत्रिकाको स्थायी दर्ता भएकोे छ । प्रेसपास ल्याउने, नवीकरण गर्ने तथा पत्रपत्रिका र अनलाइन दर्ता नवीकरण गर्नका लागि काठमाडौँ धाउनुपर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई दृष्टिगत गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “प्रेस पास लिन काठमाडौँ जाने बाध्यता हटेको छ । जिल्लाका पत्रकारलाई निकै राहत मिलेको छ ।” पछिल्लो समय विभागले आफ्ना सेवाहरु दुर्गम केन्द्रित गरेको महानिर्देशक हमालले बताए ।
दुर्गमका पत्रकारहरुको सजिलोका लागि जिल्लामै शिविर सञ्चालन गरेको विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताए । प्रेस पास लिनकै लागि महँगो खर्च गरेर काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य भएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । “काठमाडौँ पुगेर प्रेस पास लिन आर्थिक तथा भौगोलिक दूरीले समस्या हुन्थ्यो । विभागको टोली जिल्लामै पुग्दा यहाँका पत्रकारलाई निकै राहत भएको छ”, अध्यक्ष शाहीले भने । यसअघि विभागको टोलीले हुम्लामा प्रेसपास वितरणदेखि अनलाइन दर्ता शिविर सञ्चालन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार