प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धारणा आपत्तिजनक : माधव नेपाल
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १३:५४:१४
२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षरमा दृढ रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले अदालतमा विचाराधिन मुद्धामा एमालेका २३ सांसद एकै ठाउँमा रहेको उल्लेख गरेका छन् ।
नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पारेका छन् ।
सोमबार बिहानै नेता नेपालले स्टाटस लेख्दै भनेका छन्, ‘हिजो राती नेकपा ‘एमाले’को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।’
प्रेस सल्लाहकारको फेसबुक स्टाटस :
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।
नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न गरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने भन्दै त्यसको निन्दा गरेका छन् । एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार