सुर्खेतका किसान रातभरि बारीमै जाग्राम
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार १९:४३:४८
७ साउन, कर्णाली । बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् ।
वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिए ।
“एक वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जङ्गली जनावरले दैनिक खाएर सिध्याउन थाले”, पौडेलले भने, “अरु उपाय केही नभएपछि त्यसको बचावटका लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौँ ।” श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उनले बताए ।
गाउँलेले समूह बनाई पालैपालो गरेर रातभर मकै रखौली गर्दै आएको स्थानीयवासी थलिराम गौतमले दुखेसो गरे। “बँदेल एक दिन आएको ठाउँमा अर्को दिन आउँदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन”, उनले भने । पटक–पटक यही पीडाले सताएकाले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाए ।
स्थानीय सरकारले यो समस्या समधान गर्ने आशामा रहेको स्थानीय किसान टङ्क उपाध्यायले बताए । उनका अनुसार साविकको गढी गाविस–३, ४, ५ र ६ का मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडालगायतका गाउँमा बँदेलले मकैलगायतका बाली नष्ट गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार