निषेधाज्ञाले होटल व्यवसायी मारमा, ५ अर्ब भन्दा बढी नोक्सानी ब्यर्होन बाध्य
मीना कंडेल
साउन २४, २०७८ सोमबार २:१९:५६
२४ साउन, नवलपुर । कोभिड १९ को संक्रमण रोक्न गरिएको निषेधाज्ञाले सबैभन्दा बढी पूर्वी नवलपरासीका होटल व्यवसायी मारमा परेका छन् । स्वास्थ्य मापदण्ड पुरा गरेर होटल संचालन गर्न अनुमति भएपनि ग्राहक नहुँदा होटल बन्द नै रहेका छन् ।
केही महिना अघि होटल व्यवसायीलाई खाना र खाजा पकाउन भ्याई–नभ्याई हुन्थ्यो, तर अहिले उनीहरु फुर्सदिला देखिन्छन् । कोरोनाको पहिलो लहरमा अघिल्लो वर्ष झण्डै ९ महिना होटल क्षेत्र प्रभावित बन्न पुग्यो । दोस्रो लहरमा झण्डै ३ महिना बन्द हुन पुगे । असारको १७ गतेबाट नवलपुरमा टेकअवेको अनुमति पाएपनि यातायात नचल्दा कारोबार हुन सकेन ।
स्वदेशमा नै लगानी गरेर आत्मनिर्भर बन्न खोजेका व्यवसायी होटलबाट विस्थापित बन्नुपर्ने अवस्था आएको छ । “विदेश नजाने सोंच राखेर नेपालमा नै व्यवसाय गरेको कोभिड १९ ले गर्दा विस्थापित नै हुनुपर्ने अवस्था आयो, एकछिन खाली नहुने होटल अहिले सुनसान छ ।” कोरोना भाईरस संक्रमणका कारणले गर्दा देशव्यापी रुपमा रहेका साना–ठूला गरेर ६४ हजार होटलहरु मारमा परेको होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गौरीशंकर न्यौपानेले बताए ।
कावासोतीमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका होमनाथ पन्थीले भने , “पहिले व्यवसाय राम्रो थियो अलि–अलि बचत पनि हुन्थ्यो तर कोभिड सुरु भएदेखि व्यवसाय घाटामा छ, होटल बिक्री गरौं कसैले किन्दैन, नगरौं घाटामा छ ।” कोठा भाडामा लिएर होटल गरेका व्यवसायीलाई झनै ठुलो समस्या आईपरेको छ । व्यवसाय छोडौं आम्दानीको अर्को पाटो छैन, नछोडौं कोठा भारा तिर्न सक्ने अवस्था छैन । भाडामा होटल सञ्चालन गरेकाहरु चिन्तित छन् ।
त्यस्तै कावासोतीमा नै होटल गर्नै भविश्वर कंडेलले व्यापार नभएपछि कोठाभाडा तिर्न पनि धौ–धौ परेको बताउँछन् । उनी भन्छन् “हामी जस्तो भाडामा सञ्चालन गर्नेहरुलाई भाडा तिर्नपनि मुस्किल छ, सबै व्यवसाय खुल्दा पनि होटल खुल्न दिँदैनन् निकै गाह्रो छ ।”कोभिड १९ पुर्वको अवस्थामा हुने व्यापारको तुलनामा अहिले पाँच प्रतिशत पनि व्यापार नभएको होटल व्यवसायीहरु बताउँछन् ।
जिल्लामा करिब १५ सयको हाराहारीमा होटल तथा रेष्टुरेन्टहरु छन् । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुन, त्रसित मानसिकताका कारण बाध्यकारी अवस्था बाहेक होटलमा यात्रु नआउनु, खोप नपाउँदा होटल सञ्चालन गर्न डराउनु जस्ता कारण व्यापार
घटेको छ । समयमा नै खोप नपाउनु र तेस्रो लहरको कोभिडको हल्लाका कारण झनै चिन्तित बनाएको व्यवसायीको गुनासो छ ।
नवलपुर जिल्लामा ५ अर्व भन्दा बढी नोक्सान होटल व्यवसायीले व्यहोर्नु परेको भन्दै मापदण्ड अनुरुप होटल संचालन गर्न समेत व्यवसायीहरुलाई न्यौपानेले आग्रह गरे ।
बन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार