धरानको ‘फ्रेन्ड्स गार्डेन’ पुनः संचालनमा
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार १७:२६:८
४ असोज, इटहरी । कोरोना महामारीका कारण होटल व्वसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन थालेका छन् । यस्तैमा धरानमा रहेर सेवा प्रदान गर्दै आएको फ्रेन्ड्स गार्डेन होटल पनि पुनस् सन्चालनमा आएको छ । पहिलो चरणको लकडाउनले थलापरेको होटल खुलेपनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४र५ महिनादेखी पुर्ण रुपमा बन्द थियो । होटल संचालकले सनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुनस् संचालनमा ल्याएका हुन ।
धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको हो । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ संगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको भिडियो ।
कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै पुनः सन्चालनमा आएकोमा सुभकामना दिएका छन् । त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको सुभकामना दिएका थिए । पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साङितिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार