चीनसँगको सीमा स्तम्भ निरीक्षणमा पुग्यो मुगुको सरकारी टोली
नेपालबहस संवाददाता
असोज ५, २०७८ मंगलबार १६:३७:४
खड्क सुनार
५ असोज, मुगु । मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर रेखदेख र निरीक्षण गर्न खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।
मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएको छ । टोलीलाई सीमा स्तम्भ पुग्न करिब ३ दिन र फर्किन ३ दिन गरी एक साताको समय दिइएको छ ।
सीमा स्तम्भमा खटिएको टोलीलाई सीमा स्तम्भसम्म पुग्न गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पुलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगुगाउँ हुँदै पैदल हिँडनु पर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार