मानबहादुर श्रेष्ठको राष्ट्रिय भलिबल टोलीमा पुनरागमन, छनोटमा को को परे ?
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २१:१९:१४
३ मंसिर, काठमाडौं । ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीमा पुनरागमन गरेका छन् । नेपाल भलिबल संघ ‘एनभीए’ ले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् ।
मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । पुरुष टोलीका डच प्रशिक्षक हान एबिङले झमनसिंह दर्जी र धिरज बस्नेतलाई पहिलो पटक बन्द प्रशिक्षणमा स्थान दिएका छन् ।
यसअघि मानबहादुर नेपालमै आयोजना भएको एभीसी सेन्ट्रल जोनबाट टोली बाहिर थिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता नभएको भन्दै एनभीएले मानबहादुरलाई कारबाही गरेको थियो । त्यसपछि मानबहादुर टोली बाहिर रहँदै आएका थिए ।
यद्यपि, मानबहादुरले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ मा भलिबल टोलीमा नभए पनि ‘बिच भलिबल’ खेलेका थिए । बिच भलिबलमा मानबहादुर र दिलबहादुर सुनवारको जोडी थियो ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ को कभर्डहलमा भएको छनोटमा एभीए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसबाट उत्कृष्ट २० खेलाडी छनोट भएका हुन् ।
छनोट खेलाडीमा नेपाल आर्मीको बाहुल्यता छ । आर्मीका १० खेलाडी रहँदा नेपाल पुलिसका ६ खेलाडीले स्थान बनाएका छन् । यता, एपीएफका तीन खेलाडीले स्थान बनाउँदा विभाग बाहिर ‘बुढानिलकण्ठ’ बाट एक मात्र खेलाडी छन् । एभीसी सेन्ट्रल जोन प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म सञ्चालन हुनेछ ।
छनोट भएका २० खेलाडी
इम रानामगर, हरि थापा, दुर्गा महतो, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, धिरज बस्नेत, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनवार, हरि अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी, विशाल विक, शरण सामरी क्षेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द, ईश्वर थापा
कुन क्लबका कति खेलाडी
नेपाल आर्मी – दुर्गा महतो, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, दिलबहादुर सुनवार, हरि अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, शरण सामरी क्षेत्री, ईश्वर थापा
नेपाल पुलिस – इम रानामगर, हरि थापा, दिपकराज जोशी, विशाल विक, रविन चन्द, झमन सिंह दर्जी,
एपीएफ क्लब – टेकराज अवस्थी, विजय थापा, बिनोद चन्द
बुढानिलकण्ठ भलिबल क्लब – धिरज बस्नेत
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार