अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु
नेपालबहस संवाददाता
मंसिर ४, २०७८ आइतबार ३:१८:१
सुरेश परियार
४ मंसिर, सिमकोट । सिमकोट अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता शनिबार दिउँसोबाट सुरु भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सुरु भएको हो ।
योङ स्टार क्लबको आयोजनामा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष रबिन कुमार बस्नेतले बताए । प्रतियोगितामा सिमकोटबाट एक, खार्पुनाथबाट दुई, सर्केगार्डबाट तीन, चंखेलीबाट एक र अदानचुली गाउँपालिका एक वटा टिम गरी आठ वटा टिम पुरुषतर्फ सहभागिता रहेको छ । नाम्खा र ताँजाकोट गाउँपालिकाको भने सहभागिता रहेको छैन ।
प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले संयुक्त गरेका थिए । पुरुषतर्फ विजेता टिमले २ लाख नगद रुपैयाँ र ट्रफी पाउने छ भने उपविजेता टिमले १ लाख रुपैयाँ पाउने छ ।
महिलातर्फ पनि सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेली गाउँपालिकाको सहभागिता रहेको छ । महिलातर्फ भने विजेता टिमले पचास हजार र उपविजेताले तीस हजार पुरस्कार पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगिता लिक चरणका हुने भएका छन् ।
प्रतियोगिता पाँच देखि छ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । क्लबको आयोजनामा यसअघि नौ वटा संस्कार सञ्चालन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार