दियालो फुडल्याण्डको चौंथो शाखा काठमाडौंमा
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १७:४०:५४
५ मंसिर, चितवन । ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।
दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईंले चेन होटल सञ्चालनमा ल्याएको हो । उनकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।
दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । उनका अनुसार १५० क्षमताको रेष्टुरराँ छ । उनले भने, “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चांैथो शाखा खोलिएको जानकारी दिए ।
शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गरेको थियो । माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो ।
दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आएका चापागाईंले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताए । देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको दुई हजार २०० जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ ।
उनी रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्छन् । चापागाईंकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उहाँ यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुगेको थियो ।
बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईंले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हालेको हो । नेपालमा चापागाईं बैंकेट क्षेत्रमा परिचित नाम हो । उनका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
पुरुषको औसत आयु ६८.२, महिलाको ७३.८ वर्ष
बैशाख २३, २०८१ आइतबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार