एक्सेल डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद शेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्ने
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार २०:५६:३२
२२ मंसिर, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले २९ मंसिरदेखि हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।
यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी जनाउन सक्नेछन् ।बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिकसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता (३० प्रतिशत) हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले पुनः लिलामीमा ल्याउने भएको हो ।
सो बोलपत्रमा आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । यसमा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हालको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार