कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २३:१२:३
८ पुस, काठमाडाैं । कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकको आयोजनामा यही पुस ९ र १० गते प्रतियोगिता गर्ने भएको छ । “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी बैंकले सो प्रतियोगिता गर्न लागेको बैंकका इन्चार्ज प्रसन्न श्रेष्ठले जानकारी दिए ।
आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा “Kamana Sewa Futsal Cup 2021” प्रतियोगिताका सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी गराइएको छ । फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने जानकारी दिइएको छ ।
खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मी, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।
युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजबाट पौष ९ गते उक्त खेलको समुद्घाटन हुनेछ भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिनेछ । पौष १० गते हुने नकआउट चरणका खेलहरुको विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य सुदीप आचार्यले बताए । साथै उक्त खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि उनले अनुरोध समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार