अछाममा थपिए सात हजार ४०७ जना मतदाता
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार १८:२८:४३
♦ कल्पना बोहरा
५ अछाम, पुस । अछाममा थप सात हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अन्तर्गत उक्त संख्यामा मतदाता थपिएका हुन् । अब पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । \
जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३३० रहेका छन् । यसअघि अछाममा एक लाख ४९ हजार ६१० मतदाता रहेको थिए ।
साउनदेखि पुस मसान्त नियमिततर्फ चार हजार ४६२ र विशेष कार्यक्रमतर्फ दुई हजार ९४५ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालमा ३६०, जिल्ला प्रशासन कार्यालयमा तीन हजार ६११ र ईलाका प्रशासन कार्यालय विनायकमा ४८२ जनाले नामावली दर्ता गराएका छन् ।
यस्तै जिल्ला निर्वाचन कार्यालय, अछामले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालय अछामले १७-२६ मंसिरसम्म पाँचवटा पालिका र २८ मंसिरदेखि ८ पुससम्म चारवटा पालिका गरी जम्मा नौ वटा पालिकाहरूमा दुई चरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो ।
मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिएको थियो । विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा ९८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा ११६ मतदाता थपिएका हुन् ।
साँफेबगर नगरपालिकामा ४१२, रामारोशन गाउँपालिमा ३०४, चौरपाटी गाउँपालिकामा २४१, मेल्लेख गाउँपालिकामा २२८ र बान्नीगढी जयगढ गाउँपालिकमा २५३ मतदाता थपिएका हुन् ।
यस्तै कमलजबार नगरपालिकामा २४९ र ढकारी गाउँपालिकामा १५५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार