वन संरक्षणप्रतिको उपभोक्ताको अपनत्व घट्दै
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार २२:२२:०
५ माघ, कञ्चनपुर । कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन कार्यक्रम लागू भएका सामुदायिक वनका उपभोक्ताको वन संरक्षणप्रतिको अपनत्व घटदै जान थालेको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेजभै हालसम्म सामुदायिक वन तथा साझेदारी वनको व्यवस्थापन गर्ने कार्यविधि र मापदण्ड तयार नगरिँदा वनको सहभागितामूलक व्यवस्थापन प्रभावित हुँदै जान थालेको छ ।
सामुदायिक वन र साझेदारी वनमार्फत वन तथा वातावरण संरक्षणमा आवद्ध उपभोक्ताको नेपालको संविधान, वन ऐन २०७६ र सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ ले प्रदान गरेका अधिकारबाट समेत वञ्चित गराइएको सामुदायिक वनका पदाधिकारीको बुझाइ छ ।
सहभागितामूलक वन व्यवस्थापनलाई प्रभावित पार्ने गरी भएको सरकारी निर्णय र हालसम्म सोको कानुनी निकास नदिएको कारण वन पैदावारको चोरी निकासीमा वृद्धि भएको महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । यसले वन पैदावारमा आश्रित स्थानीय उपभोक्ता र सर्वसाधारण मर्कामा परेका छन ।
“नेपालको संविधानको प्रस्तावनामा उल्लेखित सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्नेतर्फ अग्रसर सहभागिमूलक वन व्यवस्थापनलाई स्पष्ट दिशा र मार्गदर्शन प्रदान गरिनुपर्छ”, उनले भने, “संविधानको अनुसूची ६ को ९१९० बमोजिम प्रदेशभित्रको राष्ट्रिय वन, जल, उपयोग तथा वातावरण व्यवस्थापन प्रदेशको अधिकारभित्र पर्ने भएकाले वनमाथिको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारको ध्यानाकृष्ट गराइएका छौं ।”
“सामुदायिक वन र साझेदारी वनको व्यवस्थापनसम्बन्धी नियमावली, कार्यविधि यथाशीध्र निर्माण गरिनुपर्ने, वन व्यवस्थापन तथा वन सम्बद्र्धन प्रणाली स्थानीय उपभोक्ताको चाहना अनुसार हुने व्यवस्थाको कानुनी सुनिश्चितता गरिनुपर्ने र वन ऐनमा व्यवस्था भएअनुसार सामुदायिक वन तथा व्यवस्थापन समूहलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाइनुपर्छ भन्ने हाम्रो मुख्य माग हो”, उनले भने ।
नेपालको संविधान २०७२ ले राष्ट्रिय वन प्रदेश मातहतको एकल सूचीमा परेको हुँदा प्रदेश ऐन तयार भए पनि प्रदेश नियमावली र दीगो वन व्यवस्थापन सञ्चालन कार्यविधि ‘वन सम्वद्र्धनमा आधारित वन व्यवस्थापन प्रणाली’ तत्काल तयार गरी सामुदायिक वन साझेदारी वनको कार्ययोजना अनुसार कार्यान्वयन गर्न पाउने वातावरण तयार गरिनुपर्ने माग प्रदेश सरकार समक्ष अघि सारेका छौं सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताए ।
“वनभित्र रहेका ढलापडा तथा सुख्खा रुख सङ्कलन गर्न प्रदेश वन ऐन २०७७ मा सम्बन्धित मन्त्रालययले तोकेअनुसार गर्न सकिने छ भन्ने व्यवस्था गरिएकोमा आजसम्म कुनै पहल नहुँदा ऐनमा व्यवस्था भए अनुसार तत्काल कार्यान्वयन हुनुपर्दछ”, उनले भने, “वन उपभोक्ता समूहलाई दोहरो कर प्रणाली लागू नहुने गरी कानुनी व्यवस्था गर्नुपर्छ ।”
वन व्यवस्थापन घुम्तीकोषको व्यवस्था गरी कोषमा रकम नभएको तथा सुरुमा वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्नका लागि सहयोग गर्ने व्यवस्था कायम हुनुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार