रुघाखोकी र ज्वरोका बिरामी दिनहुँ बढ्दै
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २०:४:१४
६ माघ, डोटी । जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।
यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”
रुघाखोकी तथा ज्वरो भएका बिरामीले पीसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पीसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।
गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताए । उनले भने, “गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्, कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छ, जाँच कसैले गर्दैनन् ।”
जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना संक्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ ।
विपन्न र दलित परिवारलाई न्यानो कपडा
जिल्लाको बडिकेदार गाउँपालिकामा एकाएक मौसममा आएको परिर्वतनसँगै चिसो बढेका कारण यहाँका नागरिकलाई समस्या भएको भन्दै ४० जनालाई न्यानो कपडा कम्मल वितरण गरिएको छ ।
भागरथी निर्माण सेवा धनगढी–५ कैलालीका प्रोपराइटर तथा नेपाल तरुण दल बडिकेदार गाउँपालिका अध्यक्ष केशव बमको आर्थिक सहयोगमा उक्त पालिकाको वडा नं २ का सायल, गतेपसेला र सिर्सी गाउँमा रहेका विपन्न परिवार, बालबालिका तथा दलित गरी कूल ४० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी तथा सञ्चारकर्मी चक्र मल्लले जानकारी दिए।
चिसोको समयमा न्यानो कपडा आफूहरूलाई निकै राहत भएको बडिकेदार–२ की महिला पविसरा सार्कीले बताए । उनले भने, “चिसो अत्यधिक बढेको छ, घरमा ओढ्ने, ओछ्याउनेको समस्या थियो, आज निःशुल्क ब्लाङ्केट पाउँदा निकै राहत भएको छ ।” जिल्लाका अन्य ठाउँमा रहेका विपन्न परिवारलाई पनि राहतस्वरुप न्यानो कपडा वितरण गरियोजना गरेको नेपाल तरुण दल बडिकेदारका अध्यक्ष बमले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार