अछामको जनसंख्या साढे २८ हजारले घट्यो
नेपालबहस संवाददाता
माघ १३, २०७८ शुक्रबार २:३९:५८
कल्पना बोहरा
१३ माघ, अछाम । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या घटेको छ । २०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले घटेको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ रहेको छ ।
२०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो । जिल्लामा सबैभन्दा बढी जनसंख्या मंगलसैन नगरपालिकाको र सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको रहेको छ ।
मंगलसैन नगरपालिकामा २६ हजार ८ सय ४३ रहेको छ भने बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या रहेको छ । त्यसैगरी बढी हुनेमा दोस्रो पन्चदेवल विनायक नगरपालिकाको जनसंख्या २६ हजार ३ सय १६ रहेको छ । तेस्रोमा साँफेबगर नगरपालिका जनसंख्या २५ हजार ९ सय ९० रहेको छ ।
त्यसै गरी तुर्माखाँद गाउँपालिकाको २४ हजार ४ सय ४० रहेको छ । मेल्लेख गाउँपालिकाको २३ हजार ९६ रहेको छ । त्यसै गरी ढकारी गाउँपालिकाको जनसंख्या २२ हजार ५ सय ५३ रहेको छ । चौरपाटी गाउँपालिकाको जनसंख्या २२ हजार ४ सय ७ रहेको छ भने कमलबजार नगरपालिकाको जनसंख्या २० हजार ९ सय ४७ रहेको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १ लाख २३ हजार ५ सय १७ र पुरुष १ लाख ५ हजार ३ सय ९० रहेको छ । अछाममा पुरुष भन्दा महिला १८ हजार १ सय २७ जना बढी देखाएको छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार ३९ हजार ३ सय ७५ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । अछाममा परिवार संख्या ४९ हजार ९ सय ६९ रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार