बाजुराका मुक्त हलियालाई पेट पाल्नै गाह्रो
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार २०:२२:१८
जीवन कैला
१६ माघ, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ ।
सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुङ्गा फटाएर पेट पाल्दै आएको हलियाको गुनासो छ । स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउँने सेवासुविधासमेत नपाएको मुक्त हलिया समुदायले बताएका छन ।
बुढीनन्दा नगरपालिका–६ दैया घर भएकी खड्के विककी आमा शारीरिक अपाङ्ग छिन् । आमाबुवालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ । थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको विकले बताए ।
स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिनभरी ढुङ्गा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको विकले बताए ।
गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखिन् । ‘कोरोनाको यस्तो हालत छ, श्रीमान भारतमा छन् । के कस्तो छ, फोन समेत गर्न पाएको छैन,’ उनले भनिन्, ‘श्रीमानले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दाल चामलको पैसा तिर्नहुन्थयो ।’
आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन् । ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका अर्की पीडित जनकला विकले बताइन् ।
उनीहरु मात्र हैन दैयाका हलियाहरू दिनभरी कामको लागि विभिन्न ठाउँमा भौँतारी रहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार