राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३५६ विद्यालय सिफारिस
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार २१:५९:३३
२४ माघ, बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यहाँबाट ३५६ विद्यालय सिफारिस भएका छन् । यहाँका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।
पाटन नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डिलाशैनी गाउँपालिकाका २० विद्यालय सिफारिस गरिएका हुन् ।
आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको प्रमुख अवस्थीले बताए । उनले भने, “शिक्षा तथा मानव स्रोत विकास केन्द्र छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्छ ।” आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।
उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे-चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार