महाकालीको तटबन्धको निर्माण कार्य रोक्न विप्लवको ध्यानाकर्षण
नेपालबहस संवाददाता
फागुन ३, २०७८ बुधबार ०:५:५५
♦ बिरादत्त भट्ट
३ फागुन, दार्चुला । दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ ।
पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् ।
पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमा नामा हैकम जमाउँदै अमानवीय घटना घटाइरहेको तथा अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ ।
सचिव मल्लले भने, ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलीरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’
राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पुगोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।
दार्चुला सदरमुकामको पारि पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीला ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भए पनि जवाफ नआएको उनले बताएका छन् ।
केही हप्ताअघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध नबनाउने र विधान सभा चुनावपछि निर्माणको क्षेत्रको अवलोकन गरी नेपाललाई जवाफ दिने पिथौरागढ जिल्ला अधिकारीले सीमा बैठकमा भनेको उनले जानकारी दिए ।
भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार