नेष्डो समृद्धको आईपीओ नेप्सेमा कहिले होला सूचीकृत ?
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २०:१:१६
८ चैत, काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणको लागि बिक्री गरेको आईपीओ फागुन २४ गते बाँडफाँड गरेको हो । फागुन २४ गते बाँडफाँड गरेको आईपीओ आज अर्थात चैत ८ गतेसम्म पनि नेप्सेमा सूचीकृत भएको छैन् ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आगामी साता सूचीकृत गर्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नेपाल बहसलाई जनाएको छ ।
‘आईपीओ सूचीकृत गर्न सम्पूर्ण प्रक्रिया पुरा गरिसकेका छौ, क्यापिटलले भन्यो, धितोपत्र बोर्डले ‘ग्लोबल बिक मनी’ संचालन गरिरहेकाले यो साता सम्भव नहुने र अगामी साताको आइत–सोमबार आईपीओ सूचीकृत गर्ने तयारी भएको छ ।’
सर्वसाधारणको लागि जारी गरेको ७ लाख ७४ हजार ५६३ सय कित्ता आईपीओ नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रर्था मार्फत बाँडफाँड हुँदा ७७ हजार ४५३ जनाले १० कित्ताको दरले आईपीओ पारे । त्यस्तै, ३ जनाले भने ११ कित्ताको दरले आईपीओ हात पार्न सफल भए ।
कति पाउला ओपनिङ रेञ्ज ?
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३ सय ५२ रूपैयाँ २३ पैसादेखि अधिकतम १ हजार ५६ रुपैयाँ ६६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने देखिन्छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को प्रतिशेयर नेटवर्थ ३ सय ५२ रूपैयाँ २३ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा १ हजार ५६ रुपैयाँ ६६ पैसा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार