बिहीबार पनि घट्यो नेप्से, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २१:१५:२५
१० फागुन, काठमाडौं । बिहीबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । २६३० विन्दुमा खुलेको बजार १६ दशमलव ६९ अंकले घटेर २६१३ विन्दुमा झरेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक घटेको छ।
यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४ करोडको शेयर खरिदबिक्री भएको नेप्सेमा यस दिन २२४ स्टकको ४५ हजार ७६ पटकको कारोबारमा ३ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको छ।
बिहीबार ४९ स्टकको मूल्य बढेको छ। जसमध्ये ३ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त, युनाइटेड इदी मर्दी र इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ६९ रुपैयाँ १० पैसा बढेर ७६० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने राष्ट्र उत्थानको ७४ रुपैयाँले बढेर ८१९ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन १४१ स्टकको मूल्य घटेको छ तर गिरावट दर भने कम रहेको छ। यस दिन नेपाल फाइनान्स, सामलिङ हाइड्रोपावर, माउन्टेन, मैलुखोला र सिनर्जी हाइड्रोको शेयरमूल्य करिब ४ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन करिब ३० करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकमको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार