स्थानीय तह निर्वाचन : अछाममा कुन दलको अवस्था कस्तो ?
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २१:३६:२३
♦ कल्पना बोहरा
१० चैत, अछाम । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि अछाममा राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । अछामका १० वटा स्थानीय तहमा कांग्रेसले पाँचवटा, एमालेले तीनवटा र माओवादी केन्द्रले दुईवटा स्थानीय तहमा प्रमुखमा जित हात पारेका थिए । त्यस्तै ९१ वटा वडामध्ये कांग्रेसले ४८, एमालेले ३६ र माओवादी केन्द्रले सातवटा वडामा विजयी हासिल गरेको थियो ।
अछाममा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसको फाइदा कांग्रेस पाएको छ । कम्युनिष्ट पार्टीे बहुमतलाई गुम्न नदिनको लागि आन्तरिक प्रयासरत छन् । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन । एमाले विभाजन भएर बनेको दल एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ ।
एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आंकलन गरिएको छ । कांग्रेसमा अन्तर्घात पनि पुरानै रोगका रुपमा देखिन्छ । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार