सनी सेक्यूरिटिजद्वारा चितवनमा शेयर तालिम
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार २०:२३:५७
१३ चैत, काठमाडौं । सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हव अन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा चितवनको तारा पुञ्ज रिसोट्मा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ ।
ग्लोबल विक मनि २०२२ को Build your future, be smart about money भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी सञ्चालन गरिएको सो तालिममा एक सय चवालिस जनाको सहभागिता रहेको थियो।
कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे ।
साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने, पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्दै सही वित्तीय निर्णयहरू लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले तालिम कार्यक्रम आयोजना गर्ने सनी सेक्यूरिटिजलाइ आभार व्यक्त गरे ।
शेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ।
उक्त कार्यक्रमका विशेषताहरू शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोश्रो बजार, शेयर बजारमा कसरी प्रवेश गर्ने ?
दोश्रो बजार र शेयर मूल्य निर्धारण, परिसुचक र सर्कीट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदी, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्?
वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यस क्षेत्रबारे विशेष जानकारी रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार