नेप्से २५७२ विन्दुमा झर्यो, इन्स्योरेन्समा देखियो भीड
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार २१:१७:५९
१३ चैत, काठमाडौं । आइतबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । २६२३ विन्दुमा खुलेको बजार ४१ दशमलव ४३ अंकले घटेर २५७१ विन्दुमा झरेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ९.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५ अंक घटेको छ।
यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको नेप्सेमा यस दिन २३२ स्टकको ६२ हजार १६ पटकको कारोबारमा ४ अर्ब ९८ करोड रुपैयाँ कारोबार भएको छ।
आइतबार ४९ स्टकको मूल्य बढेको छ। जसमध्ये ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त, जीवन विकास लघुवित्त, इमर्जिङ्ग नेपाल, सानिमा लाइफ, जनरल इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ७६ रुपैयाँले बढेर ८३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने राष्ट्र उत्थानको ८१ रुपैयाँले बढेर ९०१ रुपैयाँ र जीवन विकास लघुवित्तको ३०० रुपैयाँले बढेर ३३ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन १६६ स्टकको मूल्य घटेको छ तर गिरावट दर भने कम रहेको छ। यस दिन मल्टीप्रपर्स फाइनान्स, नारायणी डेभलपमेन्ट कम्पनी, नेरुडे लघुवित्त र मन्जुश्री फाइनान्सको शेयरमूल्य उच्च दरले घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब २७ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन गुँरास लाइफ इन्स्योरेन्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार