नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २१:४:५०
१४ चैत, काठमाडौं । सोमबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । २५७४ विन्दुमा खुलेको बजार ३० दशमलव ४३ अंकले घटेर २५४२ विन्दुमा झरेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ।
यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको नेप्सेमा यस दिन २३१ स्टकको ६२ हजार १६ पटकको कारोबारमा २ अर्ब ५४ करोड रुपैयाँ कारोबार भएको छ।
सोमबार २१ स्टकको मूल्य बढेको छ। जसमध्ये २ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जीङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै जीवन विकास लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, र जीवन विकास लघुवित्तको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ९० रुपैयाँले बढेर ९९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने इमर्जीङ नेपालको ८३ रुपैयाँले बढेर ९२० रुपैयाँ र जीवन विकास लघुवित्तको ६८ रुपैयाँले बढेर ३३ सय ६८रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन १६७ स्टकको मूल्य घटेको छ तर गिरावट दर भने कम रहेको छ। यस दिन आईसीएफसी फाइनान्सको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सको साढे ४, ज्योति लाइफ इन्स्योरेन्सको करिब साढे ४ प्रतिशत र ग्रीन लाइफ हाइड्रोपावरको ४ दशालव ३८ प्रतिशतले शेयरमूल्य घटेका छ।
कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब २२ करोड २४ लाखको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपी पावर कम्पनीको ९ करोड ३० लाख, हिमालयन डिष्टिलरीको ६ करोड ८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाखको शेयर कारोबार भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार