कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:४५:५१
१८ चैत, महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ ।
विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुव्र्यसनमा रहेको जानकारी दिए ।
“पटक/पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।” उनले भने,“लागुऔषध दुव्र्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।”प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार नियनत्रणमा चुनौती रहेको बताउँदै आएको छ ।
“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।” प्रवक्ता शाहले भने–“ यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन ।”यहाँ लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक हुन । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो ।
त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए । साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो ।
चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ । सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम , चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागुऔषध सेवन गरेको अवस्थामा घटना घटाउने गरेको देखिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार