वैद्यनाथ क्षेत्र विकास संस्थाको धामको गुरुयोजना निर्माण
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १९:८:२०
♦ कल्पना बोहरा
२७ चैत, अछाम । नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भएकोे छ । सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण भएको छ ।
साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सीले गुरुयोजना निर्माण गरेको छ । अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडका डाइरेक्टर दानबहादुर रावलले गुरुयोजनाको प्रतिवेदन साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरलाई हस्तान्तरण गरे ।
गुरुयोजनामा वैद्यनाथ धाम क्षेत्रमा बर्सेनि हुँदै आएको कटान रोक्नलाई पहिलो प्राथमिकता दिएको छ । नदीको दायाँ वायाँ लुग्रेली गाडमा पक्की तटबन्धलाई गुरुयोजनामा समेटिएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाकोे गुरुयोजनामा तीन तले अतिथि भवन, चार तले सन्त आवास भवन, दुई तले पिर भवनको संरचना निर्माण रहेको छ।
गुरुयोजनमा कार्यालयको चार तले भवन निर्माण गर्ने उल्लेख गरिएको छ । उक्त चार तले भवनमा वैद्यनाथ क्षेत्र विकास समितिको कार्यालय, वैद्यनाथ धार्मिक पर्यटन विकास व्यवस्थापन समिति, गुठी कार्यालय र ध्यान कोठा रहने नगर प्रमुख कुँवरले जानकारी दिए ।
गुरुयोजनामा वैद्यनाथ क्षेत्रमा १५० जना जना अट्ने सभागृह, अछामी नौमुठे गाईको संरक्षणको २० वटा गाई अट्ने गाई गोठको निर्माण, सार्वजनिक मञ्च, तीन तले होमेस्टे भवनको नमूना नक्सा, सडक निर्माणलाई समेटिएको छ । अहिले वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती, प्रांगणको बीच भागमा मञ्च, भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर, मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू छन् ।
यस्तै दुई तले संग्राहलय भवन निर्माणधीन, पार्कको निर्माण कार्य सुरुवात, अतिथि भवनको निर्माण कार्य सम्पन्न, ज्येष्ठ नागरिकको लागि वृद्धआश्रम निर्माण कार्यको सुरुवात भएको छ । धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको वैद्यनाथलाई ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । उनले यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि गुरुयोजना निर्माण गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार