पालिका घरजस्तै बनाउनेछु ;उपप्रमुख
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २०:५५:५४
२७ वैशाख , टीकापुर । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् ।ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुबै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी पालिकामा नेकपा (एमाले) सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
टीकापुरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता खडक शाह उपप्रमुखको उम्मेदवार छन् । उनले टीकापुरलाई सुन्दर टीकापुर बनाउनुका साथै महिला, उत्पीडित जाति, लिङ्ग, समुदायका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताए । ‘‘म स्वभावैले पनि महिलाका क्षेत्रमा काम गर्दै आएको मानिस हुँ । समाजमा सबै वर्ग तथा लिङगको समान अस्तित्वका लागि मैले पहल गर्दै आएको छु’’,उनले भने, ‘‘यसका साथै सुन्दर टीकापुर बनाउने मेरो अभियान छ ।’’टीकापुरमा एमालेबाट उपप्रमुख पदका उम्मेदवार उपमा केसी महिला हकहित, अधिकार स्थापना, महिलालाई स्वरोजगार बनाउनका लागि नेतृत्वमा आउन खोजेको बताइन् । ‘‘म यसअघि पनि कार्यपालिका सदस्य भएर महिलाको विकासका लागि काम गरेकी छु, महिलाको जागरणका लागि, आत्मनिर्भर बनाउन, क्षमता विकास गर्न काम गरेकी छु’’, उनले भनिन्, ‘‘अब थप महिलाका सवालमा काम गर्नेछु ।’’
नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार उल्कादेवी विक महिला सशक्तिकरणका लागि महिलालाई अवसर दिन, अगाडि बढाउनुका साथै पिछडिएका सबै बर्गलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताइन्। ‘‘सदियौँदेखि अवसर नपाएका समुदायका महिलालाई अघि ल्याउनेछु, म शिक्षाक्षेत्रबाट आएको भएकाले, शिक्षामा भएका विभेद समेत अन्त्य गर्नेछु’’, उनले भनिन् , ‘‘यसका साथै उपप्रमुख पद जिम्मेवार पद भएकाले नगरपालिकामा सुशासन, भ्रष्टाचार नियन्त्रणमा मेरो पहल रहनेछ ।’’
एमालेका तर्फबाट जानकी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार गीता चौधरी महिलाका सवाल, समस्याको थुप्रो रहेकाले महिलाका समस्या समाधान गर्न, महिलालाई आयआर्जनसँग जोड्न, विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । ‘‘महिलाहरु उद्यमशिल बन्न नसकेका, आयआर्जनमा जोडिन नसकेको अवस्था छ’’, चौधरीले भनिन् , ‘‘पहिलो प्राथमिकता महिलालाई व्यवसायिक, उद्यमशिल बनाउन तथा आर्थिक क्रियाकलापमा जोड्न पहल गर्नेछु । ’’
सत्ता गठबन्धनका तर्फबाट माओवादीका जानकीमा उपाध्यक्षमा पुरुष उम्मेदवार छन् । उपाध्यक्षका उम्मेदवार जयप्रकाश दहित आफूले युवा र बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभवलाई पालिकामा प्रयोग गर्ने बताइन् । ‘‘युवालाई रोजगारीको समस्या छ । म युवालाई पालिकामै रोजगारीका वातावरण सिर्जना गर्नेछु’’, उहाँ भन्नुहुन्छ, ‘‘म पुरुष भए पनि महिलाका समस्यालाई नजिकबाट देखेको छु, समस्या महसुस गरेको छु । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्न म थप सक्रिय भएर काम गर्नेछु ।’’
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकीमा उपाध्यक्षका उम्मेदवार लालमति कठरिया महिलालाई अगाडि बढाउने, महिलामाथि हुने विभेद् अन्त्यका लागि आफू उपाध्यक्षमा आउन खोजेको बताइन् । ‘‘महिला बालविवाह, बहुविवाह, घरेलु हिंसाको शिकार भएका छन्, आफ्नै घरमा असुरक्षितर छन्, आफ्नो घर उनीहरुका लागि असुरक्षित बन्छ’’, उनले भनिन् , ‘‘महिलाका साना साना समस्यालाई समाधा गर्नेछु । महिलाका लागि पालिका घरजस्तै बनाउनेछु ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार