भट्टले माओवादी छाड्दा सर्वोच्चमा दिएको रिट एमालेको सचिव भैइसक्दा बल्ल इजलासमा
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १७:३६:३५
२९ वैशाख, काठमाडौं । तत्कालिन नेकपाका सांसद लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिट बल्ल इजलासमा सुनुवाइका लागि तोकिएको छ । भट्ट अहिले नेकपा एमालेका सचिव छन् । पूर्वमाओवादी र पूर्वएमाले छुट्टिँदा उनी एमालेतिर लागेका थिए ।
भट्टले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएको रिटमा सांसद पदबाट मुक्त गराउने निर्णय अन्तरिम आदेशमार्फत बदरको माग गरेका थिए ।
१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो ।
२४ चैत २०७७ मा सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।
प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो । यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार