गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:४५:१८
४ जेठ, चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् ।
२०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् । खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरील १३ हजार ६९५ मत प्राप्त गरे ।
पूर्व सांसदसमेत रहेका चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन । उपमेयरमा एमालेकी कविता उप्रेती चार हजार ४९४ मतान्तरले निर्वाचित भइन् ।
उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले नौ हजार ६७० मत प्राप्त गरिन् ।खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो । एमालेले सात वडामा जित हात पारेको छ ।
वडाहरूको मतपरिणाम यस्तो छ
खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका वसन्त लामिछानेले ९ सय ३३ मत ल्याए ।
खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे ।
खैरहनी–३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७७७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । सदस्यमा मिश्रित परिणाम आएको छ ।
खैरहनी–४ मा एमालेका वेदबहादुर अधिकारी १५ सय पाँच मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भए । कांग्रेसका नारुद करुवालले ७८९ मत मात्रै प्राप्त गरे ।
खैरहनी–५ को अध्यक्षमा एमालेका छत्रनाथ सुवेदीले ६५९ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका एकबहादुर बोहरा क्षेत्रीले ५६६ मत मात्रै प्राप्त गरे ।
खैरहनी–६ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका कमल प्रसाद न्यौपानेले एक हजार २१२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामेश्वर बर्ताैलाले ९८४ मत मात्रै प्राप्त गरे ।
खैरहनी–७ को अध्यक्षमा एमालेका मनेजर महतो एक हजार ८७ मत ल्याएर निर्वाचित भए । यस वडामा एमालेको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरण चौधरीले ७२६ मत मात्रै ल्याए ।
खैरहनी–८ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका शंखर कँडेल ८३८ मत ल्याएर निर्वाचित भए । कँडेलका निकटतम प्रतिस्पर्धी एमालेका शान्तिकुमारी चौधरीले ८२४ मत ल्याइन् ।
खैरहनी–९ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका बन्धुराम महतो ११ सय ७९ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पवन श्रेष्ठले ८६८ मत मात्रै प्राप्त गरे ।
खैरहनी–१० मा कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा कांग्रेसका चन्द्र विक्रम चौधरीले १८ सय ५५ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका कारीराम चौधरीले १७ सय ५१ मत प्राप्त गरे ।
खैरहनी–११ को अध्यक्षमा एमालेका दीपेन्द्र कुमार दरै ८४० मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तोष भण्डारीले ६१९ मत मात्रै प्राप्त गरे ।
खैरहनी–१२ को अध्यक्षमा कांग्रेसका केदारनाथ पन्त ११ सय ३७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णलाल चौधरीले एक हजार ३६ मत ल्याए ।
खैरहनी–१३ को अध्यक्षमा एमालेका कुलप्रसाद भुसाल ११ सय ४० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सानोकाजी कुँवरले ९२४ मत मात्रै प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार