तिब्बती शरणार्थीप्रति केन्द्रीत अमेरिकी उपमन्त्री जियाको नेपाल भ्रमणबारे चीनको चासो
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १६:४१:४६
६ जेठ, काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया आज शुक्रबार नेपाल आउँदैछन् ।
उनी दलाई लामा र भारतमा निर्वासित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहितका प्रतिनिधिहरूसँगको भेटवार्ता सकेर दिल्ली हुँदै नेपाल आउन लागेकी हुन् ।
अमेरिकी उपमन्त्री जियाको नेपाल भ्रमणको मुल उदेश्य तिब्बती मुद्दासँग सम्बन्धित भएकाले पनि चीन सरकारले उनको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरेको छ । उनको भ्रमणबारे अहिलेसम्म चीन सरकारले कुनै प्रतिक्रिया जनाएको छैन् ।
उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको बताइएको छ ।
उपमन्त्री जिया मंगलबार भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन् । भारतमा रहँदा हिमाचल प्रदेशको धर्मशालामा रहेका दलाई लामासँग भेट गरेकी छन् ।
जियाले भारतमै निर्वासित जिवन विताइरहेका तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहितका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेकी छन् ।
उपमन्त्री जियाको यो भेटघाटलाई चीन सरकारले नजिकबाट नियालीरहेको र उनका गतिविधि हेरेर उसले प्रतिक्रिया दिने चीन मामिलाका जानकारहरु बताउँछन् । उनले नेपाली सरकारले अधिकारीहरूसहित यहाँ रहेका तिब्बती शरणार्थीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम राखिएको बताइएको छ ।
भूराजनीतिक प्रभावका विषयमा चीन सरकारले नेपालमाथि पटक पटक प्रश्न उठाउँदै आएको छ । जियाको भ्रमण मुख्य गरी भारत र नेपालमा रहेका तिब्बती शरणार्थीको सवालमा केन्द्रित भएकाले यो भ्रमणप्रति चनी ससंकित हुनु स्वभाविक भएको जानकारहरु बताउँछन् ।
केही समय अघिदेखि अमेरिकी सरकारले चीनलाई सन्तुलनमा राख्न नेपाल र भारतमा रहेका तिब्बती शरणार्थीका मुद्दा र मानवअधिकार सम्बन्धित मुद्दालाई अघि बढाउन खोजिरहेको छ ।
जिया नेतृत्वको भ्रमण टोलीमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको बताइएको छ । उनको नेपाल र भारत भ्रमण मानवअधिकार र लोकतान्त्रिक पक्षका सहयोगमाथि केन्द्रित रहने बताइएको छ । यसबारे नेपालको परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार